२०८२ असार २०, शुक्रवार , ०७:३८:१८ बजे

Sajhamanch
'

नीति र विधिको बहस अनलाइनमा होइन मूल लाइनमा गरौंः प्रचार विभाग प्रमुख गौतम

शुक्रवार, असार २०, २०८२

काठमाडौं । नेकपा (एमाले) स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको नीति र विधिको बहस सामाजिक सञ्जालमा नभएर आसन्न विधान महाधिवेशन मार्फत गर्न पार्टी पंक्तिलाई आग्रह गर्नु भएको छ ।

पछिल्लो समय एमालेमा नेता कार्यकर्ता बीच जारी रहेको नीति र नेतृत्वको बहसका सन्दर्भमा आज केन्द्रीय कार्यालय च्यासलमा भेला भएका केही सञ्चारकर्मीसँग उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

पार्टी निर्माण सामाजिक सञ्जाल मार्फत गरिने बहसले नहुने धारणा व्यक्त गर्दै प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, पार्टीको नीति र विधिको बहस अनलाइन होइन मूल लाइनमा आसन्न विधान महाधिवेशन मार्फत गर्नु पर्दछ ।

‘विधान महाधिवेशनः विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होइन । पारित विधि र नीति अनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व निर्माण गरिने भएकाले अहिलेको बहसलाई अन्यत्र नमोडौं,’ नेता गौतमको धारणा छ ।

‘भदौ २० देखित २२ गतेसम्म आयोजना हुने विधान महाधिवेशन पार्टीको नीति र विधि बनाउने महत्वपूर्ण थलो हो । नेतृत्व निर्माण गर्ने थलो होइन् । पारित विधि र नीति अनुसार राष्ट्रिय महाधिवेशनबाट तदनुरुपको नेतृत्व निर्माण गरिन्छ । त्यसैले नेतृत्वलाई केन्द्रमा राखेर अहिले बहस गर्नुको कुनै अर्थ छैन्’ उहाँले प्रष्ट्याउनु भएको छ ।

‘पार्टी विधान र नियमावलीले गरेको व्यवस्था बमोजिम दशौं राष्ट्रिय महाधिवेशन पछि नेतृत्वमा दुई कार्यकाल मात्र निर्वाचित हुने कुरा सत्य होइन् । दशौं राष्ट्रिय महाधिवेनशको पूवसन्ध्यामा आयोजित केन्द्रीय किमिटीको अन्तिम बैठकले प्रमुख पदमा दुई कार्यकाल रहने व्यवस्था हटाउन महाधिवेशनमा प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त प्रस्तावलाई आधार मानी महाधिवेशनले दुई कार्यकालको व्यवस्थालाई हटाएको कुरा सबैमाझ प्रष्ट छ’ नेता गौतमले भन्नुभयो ।

सम्बन्धित खबर