२०८२ असार १८, बुधवार , ०७:११:४७ बजे

Sajhamanch
'

सिद्धार्थ बैकद्वारा बिर्तामोड उद्योग वाणिज्य संघलाई ४५ थान डस्टविन प्रदान

बुधवार, असार १८, २०८२

बिर्तामोड । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको जनाइएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ र बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले संघका अध्यक्ष राजु न्यौपानेलाई डस्टविन हस्तान्तरण गरेका हुन्।

बिर्तामोड नगरलाई स्वच्छ सफा राख्न बैंकले प्रदान गरेको डस्टविनले मद्दत पुग्ने वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

उनले बिर्तामोडका विभिन्न स्थानमा डस्टविन राखिने बताउँदै आगामी दिनमा पनि सिद्धार्थ बैंकबाट यस्तै सहयोगको अपेक्षा गरे ।

डस्टविन हस्तान्तरण कार्यक्रममा सिद्धार्थ बैंक कोशी प्रदेश प्रमुख श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरेको बताए ।

संघले गरेको सरसफाई अभियानमा साथ दिन आफूहरूले डस्टविन दिएको उनले बताए। कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए।

यसैबीच संघलाई डस्टविन प्रदान गरेर वातावरण स्वच्छ राख्ने अभियानमा सहयोग पुर्याएकोमा वाणिज्य संघले बैंकलाई कदरपत्र प्रदान गरेको छ ।

सम्बन्धित खबर