२०८२ असार १८, बुधवार , ११:४५:४३ बजे

Sajhamanch
'

अर्जुनधारा ५ का वडाध्यक्ष खड्काकोे ज्यादती विरुद्ध दलित जनप्रतिनिधिको आक्रोस

बुधवार, असार १८, २०८२

अर्जुनधारा । जिल्ला समन्वय समिति झापाको सदस्य एवम् दलित नेतृ रिता नेपालीले आफूमाथि अर्जुनधारा वडा नं. ५ का वडाध्यक्ष गिताराज खड्का (हरि) ले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको बताएकी छन् । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफुमाथि धेरै अन्याय भएपछि पत्रकार सम्मलेन गर्न बाध्य भएको बताउनुभयो ।

दोस्रो पटक सोही वडामा सदस्य निर्वाचित नेपालीमाथि वडाध्यक्ष खड्काले काम सम्हालेको दुई महिनामा जातको आधारमा विभेद गर्ने, ‘दमिनी’ भन्दै कुरा गरेपछि वडा कार्यालयमै माफी मगाइएको थियो । सदस्य नेपालीका अनुसार माफी मगाएको रिसमा आफुमाथि वडाध्यक्षले पटक–पटक अन्यायपूर्ण काम गर्दै आएका छन् ।

नेपालीलाई विकासमा समेत अवरोध गर्दै आएका वडाध्यक्षले दलबलसहित घरको पर्खाल नै भत्काइदिएको जानकारी दिनुभयो । गत बिहीवार सदस्य नेपाली घरमा नभएको बेला वडाध्यक्ष खड्काले मान्छे लगाएर पर्खाल भत्काएको उहाँको आरोप छ ।

उहाँले भन्नु भयो, ‘मलाई वडाध्यक्षले दिउँसो घरमा भिजट गर्न आउछु भन्नु भएको थियो । म तालिममा भएको बेला मेरो पर्खाल भत्काएर जानुभएछ । उहाँलाई अर्को दिन आउनु भन्दा पनि नमानेपछि, तिमि नआउदा पनि हुन्छ, घर हेरेर जान्छु भन्नुभएको थियो ।’

छिमेकीसँग सीमा विवाद भएपछि सो सम्बन्धमा न्यायिक समितिमा उजुरी समेत परेको थियो । छिमेकीले न्यायिक समितिमा उजुरी परेपछि नेपालीलाई न्यायिक समितिले बोलाएको थियो । उनले आफु तालिममा भएकाले १२,१३ गते आउने सूचना समेत न्यायिक समितिलाई गराउनु भएके थियो। वडाध्यक्षले नगरमा गइसकेको मुद्धाको विषयलाई आफै लागेर पर्खा भत्काइदिनु भनेको अख्तियारीको दुरुपयोग भएको छ, नेपालीले भन्नु भयो ।

उहाँले वडा सदस्य विष्णुप्रसाद कडेंलसहितको समूह ल्याएर पर्खाल भत्काइदिएको दावी गर्नु भएको छ। पर्खाल भत्काइरहेको बेला घर पुग्नु भएकी नेपालीलाई वडाध्यक्ष खड्काले ‘ तँ जति ठुलो कोहि छैन, चुनाव जितेको भन्दै सान देखाउछेस, निरिह मान्छेलाई हेप्छेस दमिनी’ भन्दै गाली गलौच समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भिजिट गर्न आउँछु भनेर पर्खाल भत्काइदिएको घटनापछि नेपालीले आफुलाई न्याय दिन सबैमा आव्हान समेत गर्नु भएको छ।

सो घटनाको सन्दर्भमा नेपालीले इलाका प्रहरी कार्यालय अनारमनीमा जोहरी दिनु भएको छ। प्रहरीले आफुमाथि भएको अन्यायलाई राम्रोसँग अनुसन्धान गरेर निष्पक्ष न्याय दिनेमा विश्वस्त रहेको बताउनुभयो। आफूलाई वडाध्यक्षले वडामा निषेध गरेको बताउने नेपालीले दलित भनेरै हेपाईमा परेको गुनासो गर्नु भएको छ।

वडा सदस्य विष्णुप्रसाद कडेलले आफूहरुले पर्खाल नभत्काएको जानकारी दिनुभयो । उहाँले अरुले नै पर्खाल भत्काएको दाबी गर्नु भएको छ । आफुहरु इप्रकामा सोही विषयमा छलफल गरिरहेको वडासदस्य कडेलले बताउनुभयो ।

अर्को तर्फ वडाध्यक्ष खड्काले नेपालीले लगाएको आरोप झुटो भएको दाबी गर्नु भएको छ । नेपालीको छिमेकीसँग लफडा भएको वडाध्यक्ष खड्काको भनाई छ । छिमेकीसँग ठेलाठेला हुँदा पर्खाल भत्किएको वडाध्यक्ष खड्काको दावी छ। पर्खाल भत्काएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको जानकारी दिदैं वडाध्यक्ष खड्काले भन्नु भयो – म दलित समुदायमै हुर्किएको मान्छे हो । विभेद गरेको छैन ।

https://www.facebook.com/share/v/14DM76mkGD1/

 

सम्बन्धित खबर