२०८२ असार १७, मङ्गलवार , ११:०६:३९ बजे

Sajhamanch
'

प्यारालाइसिस भएका सदस्यको कर्जा सिम्रिक सहकारीद्वारा मिनाहा

मङ्गलवार, असार १७, २०८२

मेचीनगर । प्यारालाइसिस भएका सदस्यको कर्जा सिम्रिक सहकारीद्वारा मिनाहा

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाहा गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाइसिस भएको हुँदा सिम्रिकले सेवा केन्द्र चारआलीको शेयर सदस्य मेचीनगर ९ निवासी ताराविर विश्वकर्माको कर्जा मिनाहा गरेको हो ।

सिम्रिक साकोसका आइ.टी सहायक विजय पाण्डेका अनुसार विरामी शेयर सदस्यले कुनै किसिमको कार्य गर्न नसक्ने भएको हुँदा कर्जा मिनाहा गरिएको हो ।

मेचीनगर ९ का वडाध्यक्ष कन्चन तामाङ्गको उपस्थितिमा विश्वकर्माको २ लाख ५५४ रुपैयाँ मिनाहा गरिएको पाण्डेले जानकारी दिनु भएको छ ।

कर्जा मिनाहाका लागि संस्थाको तर्फबाट जनसम्पर्क अधिकारी प्रेम बस्नेत, आई.टी. सहायक विजय पाण्डे, चारआली सेवा केन्द्र प्रमुख रेशिका आचार्य र धुलाबारी सेवा केन्द्र प्रमुख अन्जु प्रधानको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर