२०८२ असार १६, सोमवार , ०९:५७:०५ बजे

Sajhamanch
'

मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

सोमवार, असार १६, २०८२

काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सोमवार, असार १६, २०८२ | समाज

सम्बन्धित खबर