२०८२ असार १५, आइतवार , ०९:१३:२५ बजे

Sajhamanch
'

धान दिवसमा आधुनिक राइसप्लान्टर मेसिनको उद्घाटन

आइतवार, असार १५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरेर २२औं राष्ट्रिय धान दिवस सम्पन्न गरिएको छ।

वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामुहिक धान रोपाइ गरी दिवसलाई उत्सवमय बनाइएको हो ।

नेकपा एमाले शिवसताक्षी नगर कमिटी, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ तथा रेटर्नी फेडेरेसन नेपाल शिवसताक्षीको संयुक्त आयोजनामा धान दिवस कार्यक्रम सम्पन्न भएको हो।

उक्त अवसरमा १५ कठ्ठा क्षेत्रफलमा सामुहिक रूपमा धान रोपिएको अखिल नेपाल किसान संघ शिवसताक्षीका अध्यक्ष बलबहादुर राईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एलपी साँवा लिम्बुले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण हुन आह्वान गर्दै प्रविधिमा आधारित कृषि प्रणालीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

धान दिवसकै सन्दर्भमा शिवसताक्षी नगरपालिकाले किसानका लागि खरिद गरेको धान रोप्ने आधुनिक मेसिनको पनि उद्घाटन गरिएको थियो। उक्त मेसिनमार्फत औपचारिक रूपमा रोपाइँ प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा संघीय सांसद एलपी साँवा, प्रदेश सांसद राधाकृष्ण खनाल, नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य चन्द्रकुमार शर्मा, जिल्ला सचिवालय धनबहादुर थेवे, नगरप्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एमाले नगर अध्यक्ष मेदनी दंगाल, विभिन्न जनवर्गीय संगठनसहित जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

सम्बन्धित खबर