
काठमाडौं । सुनको भाउ आज एकैदिन झन्डै ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ सामान्य घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।