२०८२ असार १३, शुक्रवार , ०२:५३:३० बजे

Sajhamanch
'

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या, पाँच जना पक्राउ

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ।

असार १० गते भोटेकोशी गाउँपालिका-५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो।

‘समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो। त्यसमा संलग्न पाँच जना पक्राउ परेका छन्,’ उनले भने।

यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

शुक्रवार, असार १३, २०८२ | अपराध, समाज

सम्बन्धित खबर