२०८२ असार १३, शुक्रवार , ०१:५५:०५ बजे

Sajhamanch
'

परराष्ट्र मन्त्री राणा रोम जाँदै

शुक्रवार, असार १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ ।

राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् ।