
काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १४० रुपैयाँ रहेको थियो ।