
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।