
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ। सुनको भाउ एक हजार ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार १४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको दुई हजार १६० रुपैयाँ थियो ।