२०८२ असार १०, मङ्गलवार , ०८:३५:१२ बजे

Sajhamanch
'

पत्रकार उपचार सहयोग कोषमा दाहालको ५,१०० सहयोग

मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा रकम जुट्नेक्रम निरन्तर जारी छ । संगठनका केन्द्रीय सदस्य सावित्रा दाहालले आज आफ्नो जन्मदिनमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा रकम जम्मा गरेर यसलाई निरन्तरता दिनुभएको हो ।

उहाँले आज प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सहइन्चार्ज गोपाल काफ्ले, जिल्ला उपााध्यक्ष सुनिरा मैनाली लगायत जिल्ला नेतृत्वको उपस्थितिमा पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा सिवाकोटीलाई नगद पाँच हजार १०० रुपैयाँ सहयोग गर्नुभएको हो ।

बिर्तामोडमा आयोजित संक्षिप्त शुभकामना कार्यक्रममा उहाँले विविध खर्च गरेर जन्मदिन मनाउने चलनलाई तोड्दै संगठनले स्थापना गरेको कोषमा उक्त रकम सहयोग प्रदान गरेको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला कमिटीका सदस्यहरु अस्मिता साँखी, रविकिरण वान्तवा र कविचन्द्र गुरागाईं एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य राजकुमार ओलीलगायतको सहभागिता थियो।

सम्बन्धित खबर