
झापा । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६०० रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको बैठकमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाई ले विकासका विभिन्न योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।
सभामा विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र विभिन्न विषयगत समितिका प्रतिवेदन पेस गरिएका थिए ।
कोशी प्रदेश गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको सञ्चालन गरिएको थियो। सभाको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गरेका थिए ।