
विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले उद्योगी ब्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन उद्योग, ब्यापार, वाणिज्य तथा आपूर्ति विभागका पदाधिकारी सदस्यलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस झापा मातहत रहेको उद्योग, ब्यापार, वाणिज्य तथा आपूर्ति विभागको विस्तारित बैठकलाई आज जिल्ला पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति थेवेले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई ब्यापार ब्यवसाय सञ्चालनका क्रममा देखिएका बैंकिङ समस्या समाधानप्रति ध्यान दिन विभागीय समितिलाई सुझाव दिए ।
विभागका संयोजक गोविन्दप्रसाद पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अजय साहेवाला, इन्दिबर खड्का, श्याम लम्साल, कपिलकिशोर क्षेत्री, भोलानाथ मैनाली लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए ।
विभागका संयोजक पौडेलको अध्यक्षतामा भएको विस्तारित बैठकले कार्यसमिति विस्तार पनि गरेको छ । समितिको सहसंयोजकमा गंगादेवी अधिकारी बजगाईं, सचिवमा इन्दिबरसिंह खड्कालाई जिम्मेवारी तोकिएको छ ।