
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज हिजोजस्तै तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार १७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १६० रुपैयाँ रहेको थियो ।