
काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ । सुनको भाउ ५०० ले बढेर तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी १० रुपौयाँले बढेर तोलाको दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार १५० रुपैयाँ रहेको थियो ।