२०८२ असार ६, शुक्रवार , ११:१६:१४ बजे

Sajhamanch
'

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा

शुक्रवार, असार ६, २०८२

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख ३ दलको बैठक बुधबार र बिहीबार बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन ।

भिजिट भिसा प्रकरणमा छानविनको माग राख्दै संसदमा भइरहेको अवरोध खुलाउने, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

नेकपा माओवादीले संसद् अवरोध खुलाउन सहमति गरेपनि चौथो दल रास्वपा र अर्को दल राप्रपा विरोधमा छन् । जसले गर्दा महत्त्वपूर्ण विधेयक अघि बढाउन र विरोध विनै बजेटमाथिको छलफल गर्न सम्भव भएको छैन ।

सम्बन्धित खबर