२०८२ असार ५, बिहिवार , ०३:३३:४७ बजे

Sajhamanch
'

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बिहिवार, असार ५, २०८२

झापा । झापामा मोटरसाइकलको ठक्करबाट घाइते एक पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

असार १ गते राति ८ः४५ बजे अर्जुनधारा नगरपालिका २ रातेस्थित भित्री सडक खण्डमा खुदुनावारीबाट रातेतर्फ जाँदै गरेको मे. ४ प ७४६७ नम्बरको मोटरसाइकलले पैदल यात्री अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर घाइते भएका दर्जीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा-४ का २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित खबर