
काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेर एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर दुई हजार २०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार २२५ रुपैयाँ कायम भएको थियो ।