
कमल । झापाको कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
मंगालवार गाउँपालिकामा आयोजित कार्यक्रमका बीच कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सो अवसरमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशबकुमार ढकाल, वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता सहभागिता थियो ।
कार्यक्रममा गाउँपालिका भित्रका सबै बालबालिकाले नियमित खोप पूरा पाएको सुनिश्चित गरिएको थियो । आगामी दिनमा पालिकाले खोपको निरन्तरता र दिगोपनामा ध्यान दिने प्रतिवद्धतामा हस्ताक्षरसमेत गरिएको थियो ।
कार्यक्रमको अवसरमा खोप योगदान दिने सबै स्वास्थ्य संस्थाहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख बिमल थापाले कार्यक्रमको पृष्ठभूमिसहित शाब्दिक स्वागत गरेको सो औपचारिक कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले गरेका थिए ।