२०८२ असार ४, बुधवार , १२:४७:१९ बजे

Sajhamanch
'

जन्म दिनमा वाणिज्य संघलाई बानियाको १५ हजार सहयोग

मङ्गलवार, असार ३, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि मोटरपार्टस व्यवसायी उपेन्द्र बानियाले सहयोग गरेका छन् ।

उनले आफ्नो जन्म दिनको दिन आज संघले स्थापना गरेको कोषमा १५ हजार १०० रुपैयाँ सहयोग गरेका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई बानियाँले रकम प्रदान गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष अघि व्यवसायीलाई आपत विपतमा सहयोग पुर्याउने उद्देश्य राखेर एक करोड रुपैयाँ बराबरको अक्षयकोष घोषणा गरेको छ । सो कोषमा बानियाँ अटो मोवाइल्सका सञ्चालक उपेन्द्रले सहयोग गरेका हुन् ।

कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले स्वागत गरेको कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

यसैबीच कोषमा सहयोग पुर्याउने दाता बानियाँलाई संघले कदर पत्र प्रदान गरेको छ ।

सम्बन्धित खबर