
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८२/०३/०२
जिल्ला झापा बुद्धशान्ति–४का स्व. दुर्गा कार्की बस्नेत (सदस्य नं. २८४७९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल मंसिर ४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–४ बस्ने निजका श्रीमान गणेशबहादुर बस्नेतले आफ्नी श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल असार १ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी शान्तिनगर कार्यालय