२०८२ असार १, आइतवार , ०४:११:४९ बजे

Sajhamanch
'

बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु

आइतवार, असार १, २०८२

काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।

शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।

उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् ।

त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो ।

अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।

ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।

सम्बन्धित खबर