२०८२ असार १, आइतवार , ०६:१८:१२ बजे

Sajhamanch
'

सुनको भाउ १ लाख ९७ हजार ५०० रुपैयाँ पुग्यो

आइतवार, असार १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज ४०० रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार १०० रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार १६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

आइतवार, असार १, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर