
काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानको उपाय खोज्न मन्त्रीस्तरीय समिति गठन गरेको छ ।
आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समितिमा आफूसहित गृहमन्त्री रमेश लेखक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी रहेको जानकारी दिइन्।
तीन मन्त्री रहेको समिति गठनसँगै तीन वटै मन्त्रालयका सचिवहरूले आवश्यक काम गरिरहेका मन्त्री राणाले संसदीय समितिमा जानकारी दिइन्। समितिले समस्या समाधानका लागि तय गर्ने उपायहरू श्रम मन्त्रालयलाई सिफारिश गर्नेछ ।