२०८२ जेठ ३०, शुक्रवार , ०३:०४:०६ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन ४२०० रुपैयाँले बढ्यो

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन चार हजार २०० रुपैयाँले बढेको छ । आज सुन चार हजार २०० रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलको एक लाख ९२ हजार ९०० रुपैयाँ थियो । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको भन्दै व्यवसायीहरूले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले जानकारी दिए।

यस्तै चाँदीको भाउ भने यथावत् छ । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रवार, जेठ ३०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर