
झापा । सडक नालाको पानी डिपार्टमेन्ट स्टोरभित्र छिरेपछि लाखौँको क्षति भएको छ । गए राति परेको अविरल वर्षापछि मेचीनगर नगरपालिका-१३ स्थित चारआली चोकमा रमेश आचार्यले सञ्चालन गरेको अन्डर ग्राउन्ड लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) सडक नालाको पानी पसेको थियो । समयमा सडक नाला सरसफाइ नहुँदा नाला जाम भई ओवरफ्लो भएर पानी स्टोरभित्र छिरेको स्थानीयको भनाई छ ।
डिपार्टमेन्ट स्टोर डुबानमा पर्दा किराना आइटम, कस्मेटिक आइटम, गिफ्ट आइटम, ईलोक्ट्रोनिक सामान, दोसरी सामान, डेकुरेसन सामान र कपडाहरू गरी अन्दाजी ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चारआलीका प्रनानि प्रमोद रेग्मीको कमान्डमा टोली खटी गई, तत्काल उक्त स्थानमा रहेको सामाग्रीहरू अन्यत्र सार्ने काम भइरहेको जनाइएको छ ।