२०८२ जेठ २९, बिहिवार , ०२:१६:०४ बजे

Sajhamanch
'

सर्पले डस्दा हल्दिबारीका युवकको मृत्यु

बिहिवार, जेठ २९, २०८२

झापा । झापा हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला परेका थिए ।

राति मनोज कर्मकारको घरमा रहेको बाँसको चौतारामा सुतेका यादव बिहानीपख मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएको थियो।

शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएपछि डाक्टरले मृतकको खुट्टाको तल सर्पले टोकेको जस्तो दाग देखिएको बताएका छन्।

तर यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्बन्धित खबर