
काठमाडौं । सुनको भाउ आज एक हजार ६०० रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १६५ रुपैयाँ थियो ।