२०८२ जेठ २९, बिहिवार , ०२:१६:०९ बजे

Sajhamanch
'

पूर्वाञ्चलकर्मी ढकाललाई पितृ शोक

बुधवार, जेठ २८, २०८२

बिर्तामोड । सञ्चार व्यवसायी चन्द्रकान्त ढकाल (सीके अंकल)लाई पितृ शोक परेको छ ।

उनका बुवा कनकाई नगरपालिका ६ चम्पापुरका विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

विसं १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य थिए ।

स्व. ढकालका श्रीमती हरिमाया, ५ छोरा र ४ जना छोरी छन् । तीमध्ये सीके अंकल काईला छोरा हुन् । उनी पूर्वाञ्चल दैनिकका व्यवस्थापक हुन् ।

स्व. ढकालको पार्थीव शरीरलाई आजै कनकाई माईमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

सञ्चारकर्मी ढकाल परिवारमा परेको शोक सहन गर्ने शक्ति उहाँहरुलाई प्राप्त होओस्, साझामञ्च मिडिया प्रालि परिवार मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना अर्पण गर्दछ ।

सम्बन्धित खबर