
काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ थियो ।
सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १५० रुपैयाँ थियो ।