२०८२ जेठ २३, शुक्रवार , १२:३०:४२ बजे

Sajhamanch
'

पत्रकार माथि वरिष्ठ अधिवक्ता थापाको व्यवहार अशोभनीय !

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्की माथि सार्वजनिक स्थलमा गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ती जनाएको छ ।

नेपाल प्रेस डट कमका फोटो पत्रकार कार्कीलाई हिजो बिहीबार नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले क्यामरामाथि हात बजार्दै अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए ।

एउटा राजनीतिक दलको केन्द्रीय पार्टी कार्यालयजस्तो सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकमाथि जिम्मेवार अधिवक्ताबाट अशोभनीय हर्कत गर्दै उल्लंघन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण भएको जनाएको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आज विज्ञप्ती जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि ठाडो प्रहार गरेको उल्लेख छ । विज्ञप्तीमा दोषीलाई कानुनी कारवाही गर्नसमेत माग गरिएको छ ।

श्रमजीवी पत्रकार माथि भएको यस हर्कतको विरुद्ध शसक्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेशागत संघ संगठनलाई आह्वान पनि गरेको छ ।

यसैगरी पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभुति दिनसमेत विज्ञप्तीमा माग गरिएको छ ।

सम्बन्धित खबर