२०८२ जेठ २३, शुक्रवार , ०९:४४:०२ बजे

Sajhamanch
'

बिर्तामोडबासीले मनाए भब्यरुपमा गायत्री जयन्ती

बिहिवार, जेठ २२, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोडको आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।

गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीसहित गायत्री माताका भक्तजनहरु, बढुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागितामा निकालिएको र्याली बिर्तामोड नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो ।

सो अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए ।

पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसंगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो ।

गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समतिका अध्यक्ष मेघराज बाँस्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे लगायतको सहभागिता थियो ।

गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गरेको थियो ।

सम्बन्धित खबर