
काठमाडौं । सुनको भाउ आज पनि हिजोजस्तै तोलामा ५०० रुपैयाँले बढेको छ । सुनको भाउ ५०० रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।