
काठमाडौं । सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ अस्तिजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।