
झापा । झापा प्रहरीले मेचीनगरस्थित सतिघट्टाबाट तामाको तार चोर्ने दुईजना भारतीयलाई तारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाल भारत सीमावर्ती बजार पानिट्यांकी बस्ने २७ वर्षीय तापच वर्मन र सोही ठाउँका २२ वर्षीय अमित सरकार रहेका छन् । उनीहरुलाई चिया बगानमा प्रहरी चौकी सतिघट्टाले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरतर्फ जाँदै गरेका उनीहरुमाथि प्रहरीले जाँच गर्दा चोरी गरेर ल्याएको तामाको चार मुठा तार भेटिएको थियो । अन्दाजी एक किलो सो तारको मूल्य ८० हजार रुपैयाँ रहेको छ ।