२०८२ जेठ १९, सोमवार , ०८:५८:३९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ सामान्य बढ्यो

आइतवार, जेठ १८, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

आइतवार, जेठ १८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर