२०८२ जेठ १०, शुक्रवार , ०७:०२:०५ बजे

Sajhamanch
'

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

शुक्रवार, जेठ १०, २०८२

काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

सम्बन्धित खबर