
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ७०० रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार नौ ९५ रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।