२०८२ जेठ ९, बिहिवार , १२:४७:५७ बजे

Sajhamanch
'

सुनको भाउ आज १७०० रुपैयाँले बढ्यो

बिहिवार, जेठ ९, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार ७०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ७०० रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९९० रुपैयाँ रहेको थियो ।

बिहिवार, जेठ ९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर