२०८२ असार १, आइतवार , ०२:३६:१३ बजे

Sajhamanch
'

धुलाबारीको एक होटलमा आगलागी

शुक्रवार, जेठ १६, २०८२

झापा । मेचीनगर नगरपालिका-१० धुलाबारी चोकमा रहेको एक होटलमा आगलागी भएको छ । दीपक निरौलाले आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा राति १०ः१० बजे अचानक बिद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट होटलमा रहेका फ्रिज, टिभी , विद्युतीय चुलो र विभिन्न सरसामान जल्दा अन्दाजी एक लाख बराबरको क्षति भएको छ ।

प्रहरी, स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार, जेठ १६, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर