२०८२ जेठ ३१, शनिवार , १०:१८:१२ बजे

Sajhamanch
'

भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

शुक्रवार, जेठ १६, २०८२

भद्रपुर । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ का अन्दाजी २४ वर्षीय एल्बिज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार राति ८ ४५ बजेको समयमा भद्रपुर-४ स्थित झापा चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ग ११ प ६०९५ नम्बरको मोटरसाइकल चालक बस्नेतलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर (प्लास्टिक सहित ५ ग्राम ३९० मिली ग्राम) र प्लास्टिक बाहेक ३ ग्राम ४८० मिलिग्राम फेला परेको थियो । बरामद गरिएको लागूऔषध, मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

सम्बन्धित खबर