
झापा । बिर्तामोडमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुयाएको छ । आज बिहानको राति १ः३० बजे बिर्तामोड नगरपालिका-७ मा ३ वटा जङ्गली हात्ती आई क्षति पुर्याएको हो ।
बिर्तामोड– ७ रेखा टोल बस्ने अमरबहादुर सङ्ग्रौलाको एकतले पक्की टिनको छानो भएको भान्सा घर भत्काई पूर्णरुपमा क्षति गरेको छ । जसबाट अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै सिताराम टोल बस्ने तुलसीप्रसाद मैनालीको धानको भकारीबाट ३ मन धान खाएको छ । उनको घरको एक साइडको पर्खाल भत्काएर १ लाख २० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।