
काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ५०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच रुपैयाँ रहेको थियो ।