२०८२ असार २, सोमवार , ०४:१५:५८ बजे

Sajhamanch
'

प्रदर्शन र कार्यक्रमका लागि एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । काठमाडौंमा आज प्रदर्शन र कार्यक्रम गर्न लागेका सत्तारुढ एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।

एमालेले आज गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् ।