२०८२ जेठ ७, मङ्गलवार , ११:११:१८ बजे

Sajhamanch
'

कोशी सरकारको नीति तथा कार्यक्रम स् झापाको केचनादेखि सगरमाथासम्म द्रुतमार्ग निर्माण गर्ने (पूर्णपाठ)

मङ्गलवार, जेठ ७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाए।

झापाको केचनादेखि सगरमाथासम्म द्रुतमार्ग निर्माण गर्ने, रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायतका विषय समेटेर प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा पूर्वाधारका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र प्रदेश सरकारले तयार पारेको प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई क्रमिक रूपमा कार्यान्वयन गरिने उल्लेख छ ।

प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

सम्बन्धित खबर