
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८२/०२/०४
जिल्ला झापा कनकाई ८ का स्व. रत्नकुमारी कोइराला (सदस्य नं. ६६१७३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८२ साल बैशाख ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई २ बस्ने निजको भदैनी बुहारीले आफ्नो फूपुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल जेठ ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी घैलाडुब्बा कार्यालय