२०८२ जेठ ६, सोमवार , १०:३८:५२ बजे

Sajhamanch
'

कान्ति लोकपथ अवरुद्ध

सोमवार, जेठ ६, २०८२

मकवानपुर। वर्षाका कारण हेटौंडा–काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका९८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर