
उदयपुर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सड़क योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
एक करोड़ रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दहालले आइतबार बिहान उद्घाटन गरेका हुन् ।
त्यसक्रममा मन्तब्य राख्दै उनले नगारिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।
सड़क विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताए ।